आम निर्वाचन २०७९

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता निरन्तर, सागर ढकाललाई सम्मानजनक मत

प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुरा क्षेत्र नं १ मा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुदेखि नै अग्रता बनाइरहनु भए पनि उहाँका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले सम्मानजनक मत पाइरहनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार एक सय ९३ मत ल्याएर पछ्याइरहनु भएको छ ।

प्रधानमन्त्री देउवा र स्वतन्त्र उम्मेदवार सागरबीच चार हजार पाँच सय ८० मतको फरक रहेको छ । यस्तै नेपाली कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्ललाई दुई हजार ६ सय ९४ मत प्राप्त भएको छ ।

चुनावी प्रतिस्पर्धामा प्रधानमन्त्री देउवाभन्दा झण्डै ६ दशक कान्छा सागर ढकालले पाइरहेको मतलाई कम आँकलन गर्न नमिल्ने राजनीतिक विश्लेषण भैरहेको छ ।

देशको प्रधानमन्त्रीलाई चुनौति दिएर निर्वाचनमा होमिएका ढकालले आफूले पराजय भोगे पनि त्यसलाई विजयकै रुपमा लिने बताइउनुभएको छ ।

उहाँले मंगलबार विहान सामाजिक सञ्जालमार्फत आफूले हारे पनि पाएको मत विजयसरह भएको र आगामी दिनमा डडेल्धुरामै बसेर जनताको सेवा गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.