राजनीति

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार आफ्नै सरकारी निवासमा विस्तृत शान्ति सम्झौताका विविध पक्षमा छलफल गर्नुभएको छ ।

प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

उक्त सम्झौताअन्तर्गत कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई यथासक्य चाँडो टुङ्ग्याउने सम्बन्धमा नेतात्रयबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उहाँहरूबीच शान्ति सम्झौताका १७ वर्षका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजनाबारे छलफल भएको थियो । २०६३ मङ्सिर ५ गने तत्कालीन नेकपा(माओवादी) र प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.