विश्व समाचार

बन्धक सम्झौता “छिट्टै” टुंगोमा पुग्नेमा इजरायली प्रधानमन्त्री आशावादी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने सम्झौता “चाँडै” टुङ्गोमा पुग्ने आशा व्यक्त गर्नुभएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु

उहाँले यस विषयमा भएको घटनाक्रमको विकास बारे छलफल गर्न मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गर्नुभएको हो । “हामी यस विषयमा प्रगति गर्दैछौं,” नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको रिहाइ र लामो अस्थायी युद्धविरामको बदलामा केही बन्धकहरूलाई मुक्त गर्न सम्झौतामा हस्ताक्षर गर्न कतारको मध्यस्थता प्रयास बारे भन्नुभयो- “मलाई आशा छ छिट्टै शुभ समाचार आउनेछ ।” इजरायल-लेबनान सीमा नजिकको भ्रमणका क्रममा उहावको सो प्रतिक्रिया सार्वजनिक भएको हो ।

इजरायलको मन्त्रिपरिषद्को युद्ध विरामम बारेको बैठकपछि सुरक्षा बैठक बस्ने र सरकारले नयाँ निर्णय लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै यी विशेष बैठकहरू “हाम्रा बन्धकहरूको रिहाइ सम्बन्धी घटनाक्रमको छलफलका बारेमा” बोलाइएको उल्लेख गरेको छ । यस सम्झौतालाई सुरक्षा क्याबिनेट र सरकार दुवैमा छलफलमा ल्याई निर्णय गर्नुपर्ने प्रावधान छ ।

यसअघि हमासका नेता इस्माइल हनियाहले समूहका अधिकारीहरू इजरायलसँग “युद्धविराम सम्झौतामा पुग्न नजिक” रहेको र हमासले कतारलाई आफ्नो प्रतिक्रिया पठाएको इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी समाचारले उल्लेख छ। कानका अनुसार सम्झौतामा इजरायली जेलबाट महिला र किशोर प्यालेस्टिनी बन्दीहरूको रिहाइको सट्टामा हमासले बन्दी बनाएका करिब ५० नागरिकको रिहाइ गर्दै जारी लडाइ केही दिनका लागि रोक्ने छ ।

गत अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको अप्रत्याशित आक्रमणमा सर्वसाधारण, सैनिक, बालबालिका, महिला र विभिन्न राष्ट्र र समुदायका गरी करिब २४० बन्धकहरूलाई गाजामा लगिएको थियो । आक्रमणमा करिब १,२०० मानिस मारिएका थिए जसमा अधिकांश सर्वसाधारण मानिस थिए ।

सोही दिन इजरायलले शुरु गरेको ठूलो आक्रमणदेखि, गाजा पट्टीमा कम्तिमा १३ हजार मारिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.