जलवायु परिवर्तनको डरलाग्दो असर मुस्ताङमा (भिडियोसहित)
तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली जिल्ला मुस्ताङको जनजिवनमा असर देखिन थालेको छ ।
पानीका मुहान सुक्ने, बेसिजनमा हिउँ पर्ने, अध्याधिक पानी पर्ने, हिउँपहिरो आउने, जलवायु जन्य विपद्का कारण भौतिक संरचनाहरुमा क्षति पुग्ने, माटोले बनेका ऐतिहाँसिक महत्वका गुम्बा तथा दरवारको छानो चुहिने, पर्खाल भत्कने जस्ता समस्या देखिएको छ ।
मुहान सुकेर मानिस र गाईबस्तुलाई खुवाउने तथा खेतीबालीमा सिचाई गर्ने पानीको अभाव भएपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ध्ये र लोमान्थाङ गाउँपालिकाको समजुङका बासिन्दाले आन्तरिक बसाईसराई गरेका छन् ।
धौलागिरि हिमशृङखलामा पर्ने मानापाथी हिमालबाट पछिल्लो पाँच वर्षयता तीन पटक हिउँ पहिरो खसेको छ । २०८० साउनको अन्तिम साता कागखोलामा आएको बाढीले कागबेनीको बस्तिलाई तहसनहस बनाएको थियो ।
मुस्ताङमा लामखुट्टेको टोकाईबाट सर्ने रोगका बिरामी देखिन थालेका छन् । तल्लो क्षेत्रमा स्याउ खेती हुन छाडेको र माथिल्लो क्षेत्रमा स्याउ उत्पादन राम्रो हुन थालेको छ । चरन क्षेत्रमा घाँस कम उम्रने र विषालु घास उम्रन थालेपछि चौरीगाई, लुलुगाई, भेडाच्याङग्रा पालनमा समस्या देखिएको छ । कालीगण्डकी नदीमा गेग्रान थुप्रिएर बस्तीहरुमा कटानको जोखिम बढाएको छ ।
भिडियो –
प्रतिक्रिया राख्नुहोस्