राजनीति

‘२०८३ साउनमा शेरबहादुर देउवा प्रधानमन्त्री’

सरकार ८४ सम्मै जान्छ, भ्रम छर्नेहरुको पछि लागेर जनता कुहिरोको काग बन्ने छैनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने र आफू २०८३ असारसम्म र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताउनुभएको छ ।

शुक्रबार नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउँदै सरकार ढल्ने कुराको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘२०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ, यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् । २०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’।

प्रधानमन्त्री ओलीको भनाइ थियो ‘फरवरीको भाका राख्दैछन् । तर हाम्रो सत्ता समीकरण ०८४ सम्म जान्छ, भ्रम छर्नेहरूले भाका सार्दै सरकारको आयुको मिति तोक्ने गरेका छन् ।’

उहाँले भन्नुभयो, ‘‘सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ, मेरो अवधि म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले शेरबहादुर देउवाजीलाई जिम्मा लगाउँछु ।”

प्रधानमन्त्री ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउँदै जनता भ्रमको जालोमा परेर कुहिरोको काग नबन्ने समेत बताउनुभयो ।

यसअघि सभाअघि ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्न सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने हो : आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा लगाउँदै भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.