आम निर्वाचन २०७९
नेपालगञ्जबाट खोल्यो राप्रपाले प्रतिनिधिसभा सदस्यको खाता
राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यमा विजयको खाता खोलेको छ । राप्रपा महामन्त्री समेत रहनुभएका डा. धवल शमशेर जबराले विजयको खाता खोल्नुभएको हो ।
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका डा. जबरा २९ हजार ५७७ मतका साथ विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मतका साथ दोस्रो स्थानमा रहनुभयो ।
त्यस्तै सोही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाएर तेस्रो हुनुभयो ।
प्रतिक्रिया राख्नुहोस्