आम निर्वाचन २०७९

ललितपुर–१ बाट कांग्रेसका उदय शमशेरको उदय

नेपाली कांग्रेसका युवा नेतामध्येमा गनिने उदय उदयशम्शेर राणाले ललितपुर–१ बाट प्रतिनिधि सभा सदस्यमा जित हाँसिल गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो ।

राणाले २३ हजार ८९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २७८ मत प्राप्त गर्नुभएको छ ।

यसअघि विसं २०७४ पनि प्रतिनिधि सभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा हुनुहुन्थ्यो । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी प्रतिनिधि सभामा जित हासिल गर्दा राणाले २० हजार ७२९ मत प्राप्त गर्नुभएको थियो ।

कुल ७४ हजार तीन सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७७३ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८०२ मत बदर भएको छ भने ४८ हजार ७८१ मत सदर भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.