आम निर्वाचन २०७९

नतिजा सार्वजनिक भएका २२ स्थानमा कसले कहाँ जिते ?

निर्वाचन सम्पन्न भएको चार दिन बितिसकेको छ भने मतगणना सुरु भएको तेस्रो दिन बुधबार विहानसम्म २२ क्षेत्रको छिनोफानो भैसकेको छ । नतिजा सार्वजनिक भएका स्थानमध्ये कांग्रेस पहिलो स्थानमा छ ।

नेपाली कांग्रेसले १३ क्षेत्रमा विजयी हुँदा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले समान तीन तीन क्षेत्रमा जित हाँसिल गरेका छन्।त्यसै गरी नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक एक ठाउँमा जित निकालेका छन्।

नेपाली कांग्रेसबाट काठमाडौं-१: प्रकाशमान सिंह, काठमाडौं-३ सन्तोष चालिसे, काठमाडौं-४: गगन थापा, काठमाडौं-५: प्रदीप पौडेल, काठमाडौं-१०: राजन केसी, मनाङ- टेकबहादुर गुरूङ, मुस्ताङ: योगेश गौचन, तनहुँ-२: शंकर भण्डारी, सुर्खेत-२: हृदयराम थानी. ललितपुर-१: उदयशमशेर राणा. पर्सा-४: रमेश रिजाल, डडेल्धुरा: शेरबहादुर देउवा, रसुवा: मोहन आचार्य विजयी हुनुभएको छ ।

त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-८: विराजभक्त श्रेष्ठ, काठमाडौं-२ : सोविता गौतम, काठमाडौं-७: गणेश पराजुली, नेकपा एमालेबाट ललितपुर-२: प्रेमबहादुर महर्जन, काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ, उदयपुर-२: डम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट अछाम-२: शेरबहादुर कुँवर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाँके-२: धवलशमशेर राणा, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली-३: गंगाराम चौधरी विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.