आम निर्वाचन २०७९

सिन्धुली २ बाट खोल्यो माओवादी केन्द्रले प्रतिनिधिसभाको खाता

सत्ता गठबन्धनमा रहेर निर्वाचनमा सहभागी नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नं २ सो पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

देशभरमा विभिन्न १५ क्षेत्रमा अग्रस्थानमा रहेको माओवादी केन्द्रका दाहालले आफ्ना प्रतिद्वन्द्वी एमालेका मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो । दाहालका प्रतिद्वन्द्वी थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो हुनुभएको छ । उहाँले एक हजार पाँच सय ५३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेर चौथो हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.