राजनीति

जिपी स्मृति सभागृह शीघ्र पू्रा गर्न नेता सिटौलाको आग्रह

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्माण थालिएको आठ वर्षमा पनि गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी स्मृति सभागृह) पूरा नभएपछि बाँकी काम तत्काल सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

वर्तमान संविधानमाथि नै खतरा छ : संयोजक सिटौला

सभागृहको काम अघि बढाउन तथा त्यसलाई पूरा गर्न भद्रपुर नगरपालिका र जिल्ला समन्वय समितिलाई उहाँले आग्रहसमेत गर्नुभएको हो ।

मेची रङ्गशालामा बिहीबार देखि सुरु भएको ‘ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग’ प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेता सिटौलाले त्यस्तो आग्रह गर्नुभएको हो ।“यो सरकार र नागरिकको सम्पत्ति हो”, सभागृहको २०७४ सालको निर्वाचनपछि एउटा पनि इँटा नथपिएकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “झापाको मात्र होइन, यो प्रदेशकै गहना हो ।”

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गर्नुभएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सभागृह आठ वर्ष बित्दा पनि अधुरै छ ।

मेची रङ्गशालाको स्तरोन्नतिमा आफू प्रतिबद्ध रहेको बताउँदै नेता सिटौलाले सक्दो सहयोग गर्ने र खेल क्षेत्रको श्रीवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगितामा आयोजकसहित १५ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक भद्रपुर झापा गोल्डकप समितिका महासचिव जीवनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यसैबीच,समूह (क) अन्तर्गत बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाबीच भएको आजको उद्घाटन खेलमा दुई–दुई गोल भएपछि खेल बराबरीमा सकिएको छ । दुवै टिमले एक–एक अङ्क पाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.