जापान

जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई

जापानका विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पस, जापानी भाषा विभाग प्रमुख कामिमुरा योशिहारुलाई प्रदान गरिएको छ ।

जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई

नेपालका लागि जापानी राजदूत किकुता युताकाले शुक्रबार आफ्नो निवासमा आयोजित एक समारोहमा विभागीय प्रमुख कामिमुरालाई उक्त प्रंशसापत्र प्रदान गर्नुभएको हो ।

विदेशमन्त्रीको प्रशंसापत्र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा समूहलाई जापानसँगको मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धनमा योगदानको कदर स्वरुप प्रदान गरिन्छ । प्रशंसापत्रले प्राप्तकर्ताहरूको गतिविधिबारे जापानी जनतामा बुझाई र समर्थन बढाउन पनि योगदान पुग्ने दूतावासले जनाएको छ ।

विभाग प्रमुख कामिमुरालाई जापानी भाषा, संस्कृति, जापान र नेपालबीचको आपसी समझदारी तथा मैत्रीपूर्ण सम्बन्धको प्रवर्द्धनमा उहाँको महत्त्वपूर्ण योगदानको कदर गर्दै गत अगष्ट ८ मा यो प्रशंसापत्र प्रदान गर्ने घोषणा गरिएको थियो ।

उहाँ काठमाडौँमा रहेको जापानी सहायक विद्यालयको व्यवस्थापन समितिको सदस्यको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो । जसले नेपालमा रहेका जापानी बालबालिकाका लागि शैक्षिक वातावरण सुधार गर्न योगदान पुर्याएको छ ।

विभाग प्रमुखको रूपमा कामिमुराले सन् २००४ देखि आधारभूतदेखि उच्च तहसम्मका विद्यार्थीहरूलाई जापानी भाषा पढाउँदै आउनुभएको छ । उहाँले क्याम्पसमा जापानी संस्कृति, इतिहास र साहित्यमा पनि अध्यापन गर्नुभएको छ ।

त्यस अवसरमा राजदूत किकुताले जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको प्रमाणका रूपमा कामिमुरालाई विदेशमन्त्रीको प्रशंसापत्र प्राप्त भएकामा बधाइ दिनुभयो । साथै उहाँले नेपालमा जापानी भाषाको प्रवर्द्धनमा कामिमुराले अझै अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.