विश्व समाचार

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मत गणना शुरू भएको छ । प्रारम्भिक मत गणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी महा विकास अघाडीबीच छ ।

महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) छन् । महाविकास अघाडी (एमभिए) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसिपी) र भारतीय काङ्ग्रेस पार्टी समावेश छन्।

प्रारम्भिक मतगणना अनुसार माहायुती गठबन्धन अन्तर्गत बिजेपीको १२४, शिवसेनाको ५५ र अजित पवार नेतृत्वको एनसीपी ३७ सीट गरी २१६ स्थानमा अग्रता कायम गरेका छन् ।

त्यसैगरी एनभिए गठबन्धन अनतर्गत काङ्ग्रेसको १९, शरदचन्द्र पवार नेतृत्वको एनसिपी १३ र उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी)ले २० सीट गरी ५२ स्थानमा अग्रता कायम गरेका छन् ।

महाराष्ट्रका नोभेम्बर २० मा २८८ विधानसभा सीटका लागि भएको निर्वाचनबाट चार हजारभन्दा बढी उम्मेदवारहरूको भाग्यको फैसला हुनेछ ।

सन् २०१४ को विधानसभा चुनावमा शिवसेनाले ५६, एनसिपीले ५४ र काङ्ग्रेसले ४४ सिट गरी १४४ सीट जितेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.