आम निर्वाचन २०७९

३४ हजारभन्दा बढी मतसहित रवी लामिछाने विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने चितवन क्षेत्र नं २ मा भारी मतकासाथ निर्वाचित हुनुभएको छ । यो सहित सो पार्टी प्रतिनिधिसभामा हालसम्म छ क्षेत्रमा विजयी भएको छ ।

लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।

उहाँले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्नुभएको छ ।

सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गर्नुभएको थियो ।

यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिनुभएको छ । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.