मकवानपुरमा डिना र कमललाई जिल्याउँदै दीपकबहादुर सिंह विजयी
गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाका मेयरमा पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंह प्रतिनिधिसभामा विजयी हुनुभएको छ ।
मतगणनादेखि नै तेस्रो स्थानमा रहनुभएका सिंह अन्तिम क्षणमा आएर नतिजा उल्ट्याउँदै मकवानपुर १ मा २७ हजार ८ सय १६ प्राप्त गरी विजयी हुनुभएको हो । मतगणनामा सुरूदेखि अग्रता लिइरहनुभएकी कांग्रेसकी डिना उपाध्यायले २५ हजार ४ सय ३४ मत पाउनुभयो ।
त्यस्तै नेकपा एमालेको चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ सय २० मत सहित तेस्रो स्थानमा रहनुभयो ।
निर्वाचनमा पराजय भोगेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्वीट गर्दै एमाले अध्यक्ष केपी ओलीलाई मेन्सन गर्दै विश्वास गर्नुभएकोमा धन्यवाद तर, विश्वास जोगाउन नसकेकोमा दुःखी छु भन्दै उहाँको विजयप्रति तपाईंलाई मेरो शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यसै गरी थापाले चुनावमा रातदिन खट्ने एमालेका सम्पूर्ण कमरेडहरु, राप्रपा नेपालका साथीहरुप्रति आभार व्यक्त गर्दै देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्