जन सरोकार

अस्पतालमा बालक मृत्यु प्रकरण : प्रहरीको रोहबरमा मिलापत्र

बिहिबार विहान जनकपुर न्यूरो हस्पिटलबाट डिस्चार्ज भए लगत्तै मृत्यु भएका बालकको किरिया खर्च अस्पतालले उपलब्ध गराउने शर्तसहित मिलापत्र भएको छ ।

बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाहीले मृत्यु भएको आराप लगाएका थिए ।

उनीहरुले घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो । तर, यो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ ।

क्रिया खर्चवापत १० लाख रुपैयाँ दिने सर्तमा मिलापत्र भएको आफन्त मिथला नगरपालिका २ नक्टाझिजका वीरबहादुर रयासलीले जानकारी दिनुभयो ।

मृतक बालकका मामा सुनिल परियाका अनुसार क्षतिपूर्ति ५० लाख रुपैयाँ, उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज र हस्पिटल सिल गर्नुपर्ने सहितको मृतक परिवारको सर्त रहे पनि १० लाख रुपैयाँ दिने सहमति भएको पुष्टि गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि राति नै मिलापत्र गरी मृतक परिवार शव लिएर घर पुगेको बताउँदै के सर्तमा मिलापत्र भयो भन्ने कुरा प्रहरी निरीक्षक नै त्यहाँ हुँदा भएकोले उनैलाई थाहा भएको बताउनुभयो ।

त्यसअघि साँझ हस्पिटल अगाडि मृतक परिवारले टायर बालेर प्रदर्शन गर्दै ढंगामुढा गरेका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले मृतक बालकका मामासहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.