राजनीति

तीनकुनेमा दुर्गा प्रसाईको अभियानलाई प्रदर्शन गर्न निषेध

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनको कार्यक्रम राखेको दुर्गा प्रसाई समूहलाई आज शुक्रबार तीनकुनेमा प्रदर्शन गर्न निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो समूहले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको बताउँदै कार्यक्रम संचालन गर्न अनुमति नदिइएको जानकारी दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दै महाअभियानले बिहीबार बल्खुमा अराजक शैलीमा प्रदर्शन गरेको भन्दै तीनकुनेमा अनुमति नदिइएको बताइएको हो ।

बिहिबार बल्खुको प्रदर्शन पश्चात पत्रकारसम्मेलन गरी प्रसाईंले निषेधित क्षेत्र तोड्ने गरी शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा र अमनचयन विथोल्ने मनसायले रहेको भन्दै तीनकुनेमा प्रदर्शन गर्न नदिइएको बताइएको छ ।

विज्ञप्तिमा सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै उपयुक्त स्थान उपल्बध गराउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.