राजनीति

कामपाको जरिवानापत्र बुझ्न एमालेद्वारा अस्वीकार

सरकारको नेतृत्व गरेको नेकपा एमालेले मंसिर ७ गते शुक्रबार काठमाडौंको दरबारमार्गमा गरेको आमसभाका क्रममा गरिएको फोहर सफा गर्न १ लाख रुपैयाँ लागेको र सो रकम एमालेले दिनुपर्ने निर्णय गरे पनि एमालेले त्यसलाई अस्वीकार गरेको छ ।

महानगरको निर्णय अनुसार आइतबार जरिवानापत्र बुझाउन एमाले मुख्यालय पुगेको महानगरको टोलीलाई एमालेले अस्वीकार गरेको छ । एमालेले सो कार्यक्रमको आयोजक आफू नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ ।

महानगरको पत्र आएपछि एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने बताउनुभएको छ ।

तर, महानगरले भने दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवाना लगाउने निर्णय गरेको थियो ।

महानगरले यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि जरिवाना गरेको थियो । राप्रपाले गरेको बिरोध प्रदर्शनका क्रममा सडक किनारका विरुवा मासिएको, सडकमा फोहोर फालिएको भन्दै जरिवाना गरेको थियो ।

जरिवाना लगाउने निर्णयपछि राप्रपाका नेताहरु महानगर पुगेर आफूहरुबाट गल्ती भएको भन्दै माफी मागेर अब त्यस्तो नगर्ने प्रतिबद्धता जनाएका थिए । एमाले नेताहरु भने जवाना लगाएर महानगर प्रमुख बालेन साहले एमालेसंग निहुँ खोजेको गालीगलौज गरिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.