विश्वकप फुटबलमा अनेक कीर्तिमान बनेका छन् । तीमध्ये रोचक कीर्तिमान सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीको रहेको छ । यो कीर्तिमानन क्यामरुनका रोजर मिल्लाको नाममा छ ।
मिल्लाले क्यामरुनका तर्फबाट सन् १९९४ को विश्वकप खेल्दै ४२ वर्षको उमेरमा गोल गरेका थिए । उनी नै सन् १९९० को विश्वकपमा ३८ वर्षको उमेरमा गोल गरेर राखेको कीर्तिमान आफैंले तोडेका थिए ।
मिल्लापछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बनाएका छन् । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा घानाबिरुद्ध गोल गरेपछि रोनाल्डो सबैभन्दा बढी उमेरमा विश्वकपमा गोल गर्ने दोस्रा खेलाडी बनेका छन् । बिहिबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको थियो ।
पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआति अग्रता दिलाएका थिए ।
घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । रोनाल्डो सहभागी भएको यो पाँचौँ विश्वकप हो ।
उनी लगातार पाँचवटा विश्वकप खेल्दै गोल गर्ने कीर्तिमानी खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि सन् २००६, २०१९, २०१४ र २०१८ मा भएको विश्वकप फुटबल प्रतियोगिता पनि खेलेका थिए ।
यस्तै खेलको ७३औँ मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । लगत्तै खेलको ७७औँ मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । खेलको ७९औंँ मिनेटमा राफायल लियोले गोल गर्दै पोर्चुगललाई ३–१ को अवस्थामा पुर्याए ।
यसैगरी खेलको ८९औँ मिनेटमा घानाका ओस्मान बुकारीले गोल गर्दै पोर्चुगलमाथि दबाब सिर्जना गरे । घानाले अन्तिम समयसम्म बराबरीको प्रयास गरे पनि पोर्चुगललाई हराउन भने असफल भयो ।
पोर्चुगलले ३–२ गोलका साथ खेल आफ्नो पक्षमा पायो{ । जीतसँगै समूह ‘एच’ मा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ । पोर्चुगल आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्