राजनीति

सबै राजनीतिक दल संविधान कार्यान्वयनमा लाग्नुपर्ने : उपाध्यक्ष शाक्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक दलले संविधान कार्यान्वयनलाई जोड दिनुपर्ने बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुक्रबार काठमाडौँमा आयोजित ‘राजनीतिको महिलाकरण’ विषयक अन्तरक्रियामा उहाँले सबै राजनीतिक दल संविधान कार्यान्वयनमा एकजुट हुनुपर्नेे बताउनुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन,”– उहाँले भन्नुभयो “संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दल मिल्नैपर्छ ।”

नेकपा एमालेकी स्थायी समिति सदस्य विन्दा पाण्डेले संविधानमा व्यवस्था भएको समावेशी प्रतिनिधित्वको सवालमा महिला आफैँ स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले लिङ्गभेदको अन्त्य गर्ने कामको सुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.