जन सरोकार

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न ५ जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ, रतुवामाई नगरपालिका-४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् ।

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा गत कात्तिक २ गतेदेखि फरार रहेका उनीहरूलाई आ-आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.