अर्थ

सुन बजारमा तहल्का : प्रतितोला १५ हजार नौ सय रुपियाँ घट्यो

नेपाली बजारमा हरेक दिन केही हजार रुपैयाँ बढ्ने र घट्ने गर्दैआएको सुनको मूल्य सोमबार भने अकल्पनीय रुपमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार सोमबार सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको छ ।

आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख ५१ हजार तीन सय रुपियाँँ कायम भएको छ ।

त्यसै गरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा किनबेच भइरहेको छ । आज चाँदी हिजोको तुलनामा प्रतितोला एक सय १५ रूपियाँ घटेको हो ।

सुनको मूल्य घट्नुमा भन्सार दर घट्नुलाई मानिएको छ । उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले यसअघि सुन आयातमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई घटाएर १० प्रतिशत बनाइएको छ ।

त्यस्तै, चाँदीको १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पनि पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ । भन्सार दर घटाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.