जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । मोरङ, सुन्दरहरैंचा नगरपालिका-५ दुलारीस्थित सडकमा बा.प्र.०८-००१ च ०४७ नम्बरको हाइस गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ बस्ने ४४ वर्षीय चन्द्र कुमार राईको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा प्र.१-०२-००२ ख ०४१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्ण बहादुर रूम्बाको आइतबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको तराई अस्पताल सिमरा हुँदै बयोदा अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवन, इच्छाकामना गाउँपालिका-६ नौ किलोस्थित सडकमा बागमती प्रदेश ०३- ००१ ख ३४९० नम्बरको ट्रक अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको एलाईभ अस्पताल भरतपुर र १ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-४ अलकत्रे डाडास्थित सडकमा लु.३६ प९५५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक रूपन्देही देबदह नगरपालिका-४ पिप्रैया बस्ने ५१ वर्षीय गणेश प्रसाद भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता सप्तरी, रूपनी गाउँपालिका-४ छप्कीस्थित सडकमा प्र.२-०१-००१ त १०८६ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका-३ कटैया बस्ने २५ वर्षीय शंकर राउतको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी दाङ, लमही नगरपालिका-५ रातोडाँडास्थित सडकमा रा.७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सल्यान बाघचौर नगरपालिका-३ बस्ने ३० वर्षीय लिलाराम डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बर्दिया, राजापुर नगरपालिका-८ धोबिनपुरस्थित सडकमा लु.२ ख ५९१९ नम्बरको फोर्स गाडीले भे.४ प ७८३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक राजापुर नगरपालिका-८ भोगपुर बस्ने ५४ वर्षीय चेतुवा थारूको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै उदयपुर, चौदण्डीगढी नगरपालिका-९ भिमा मिहोरिया चोकमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश-१-०४-००१ च १३८६ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया कमलादेवी चौधरीको सोमबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त कार सोही ठाउँस्थित रूखमा ठक्कर खाई अनियन्त्रित भइ पैदलयात्रीलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जना र अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.