सशस्त्रमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा मंसीर १० गते सशस्त्र प्रहरी परिवार महिला संघले जोन्टा क्लव अफ काठमाडौंको सहकार्यमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रम शुरु गरेको छ ।

सो कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले उद्घाटन गर्नुहुँदै जोन्टा क्लव अफ काठमाडौंको सहकार्यमा हुन गईरहेको महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले वर्तमान समयमा भई रहेको महिला हिंसाका विभिन्न घटनाहरुलाई निरुत्साहित गरी गाउँ, समाज र राष्ट्रलाई असल र सभ्य बनाउन यस्ता किसिमका अभियानले ठूलो भूमिका निर्वाह गर्ने बताउनुहुँदै आगामी दिनहरुमा समेत अभियान संचालनको लागि सशस्त्र प्रहरी बल नेपालको साथ र सहयोग रहिरहने बताउनुभयोे ।
कार्यक्रममा महिला हिंसा भनेको के हो, यो किन हुन्छ र यसको अन्त्य गर्न हाम्रो भूमिका कस्तो हुनुपर्छ भन्ने लगायतका विविध गतिविधिहरुको समेत प्रदर्शन गरिएको थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघ तथा जोन्टा क्लव अफ काठमाडौंका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्