जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने हरीकृष्ण द्वारेको विगत ६ महिनादेखि बन्द रहेको धानको भुस राख्न बनाएको जस्ताको खाली टहरामा संखुवासभा सिलिचोङ गाउँपालिका-१ बस्ने ५० वर्षीय प्रजा बहादुर राई आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै पर्वत, जलजला गाउँपालिका-३ बौरस्थित ठुलो सल्लेरी तथा भिरमुनी सामुदायिक वनमा म्याग्दी मंगला गाउँपालिका-३ बस्ने ३० वर्षीय पुष्पा सापकोटा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता दैलेख, नौमुले गाउँपालिका-४ कालिका बस्ने ३८ वर्षीय भिम बहादुर योगी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धादिङ, गजुरी गाउँपालिका-५ गजुरीस्थित त्रिशुली नदीको किनारामा नुवाकोट म्यागाङ गाउँपालिका-३ बस्ने चमललाल तामाङकी छोरी ५ वर्षीया एन्जिला तामाङ आइतबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.