नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलोपटक लागेको नेपाल प्रिमियर लिग (एनपिएल)का क्रममा प्रदान गरिने पुरस्कारहरु धमाधम सार्वजनिक हुन थालेका छन् ।
यसै क्रममा एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा भएको छ । मंगलबार शारडा समूहसंग सर्वोत्कृष्ट नेपाली खेलाडीलाई कार प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा कार पुरस्कारसम्बन्धी सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा मङ्गलबार ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गर्नुभएको छ ।
मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुने एनपिएल आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।
प्रतिक्रिया राख्नुहोस्