जन सरोकार

नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु

पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो ।

छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुग्नुभएको थियो । उहाँले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबा लक्ष्मणमाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढल्नुभएको थियो । टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

कृष्णबहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनामा मृत्यु

पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ । पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार पर्साको जिराभवानी गाउँपालिका–४ बस्ने ७० वर्षीया केशरजिया देवी थरूनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्सागढी नगरपालिका–३ मा रहेको आमोदेवी मन्दिरमा लागेको मेला हेरेर घर फर्किने क्रममा गएराति ११ बजे पर्सागढी नगरपालिका–२ बरवाछोटैली गाउँ नजिकै ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.