जापानको रक्षा बजेटमा अमेरिकी आँखा र आशा
अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
किशिदाले चीनको बढ्दो उदयको बीचमा जापानको रक्षा खर्च बढाउन उत्सुकता देखाएको बेला बाइडेनको टिप्पणी आएको क्योडो न्यूजले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ । अहिलेसम्म जापानले आफ्नो रक्षा बजेट बढाउँने प्रतिबद्धता व्यक्त गरेको छ । शनिबार जापानी प्रधानमन्त्रीले आफ्नो देशको रक्षा क्षमता सुदृढ गर्ने वाचा गर्नुभएको छ ।
किशिदाको उक्त टिप्पणी ग्राउन्ड सेल्फ(डिफेन्स फोर्स ९न्क्म्ँ० बेसमा भाषणको क्रममा आएको थियोजहाँ किशिदाले उत्तर कोरियाको क्षेप्यास्त्र प्रविधिको द्रुत विकास र चीनको सैन्य विस्तारको बारेमा चिन्ता व्यक्त गर्नुभएकोक्योडो समाचारले उल्लेख गरेको छ।
जब जापानले आफ्नो विदेश र सुरक्षा नीतिहरू परिमार्जन गर्छ तब सेल्फ डिफेन्स फोर्सहरूलाई आक्रमण गर्न सक्ने क्षमता दिने विचार सहित सबै विकल्पहरू टेबलमा हुनेछन्, किशिदाले भन्नुभएको छ ।
जापानी प्रधानमन्त्रीले पर्याप्त पारदर्शिता कायम नगरी आफ्नो सेनालाई बलियो बनाउन चीनको चाललाई पनि औंल्याउँनुभएको छ। ूचीनले पर्याप्त पारदर्शिता बिना नै आफ्नो सेनालाई बलियो बनाउन काम जारी राखेको छ रू यथास्थिति परिवर्तन गर्न एकपक्षीय प्रयास समेत गरिरहेको छ,ू किशिदाको टिप्पणी छ।
यसअघि शुक्रबार ५० एसियाली र युरोपेली मुलुकका नेताहरूको भर्चुअल बैठकमा पनि किशिदाले चीनमा मानवअधिकारका विषयमा गम्भीर चासो व्यक्त गरेको जनाइएको छ ।
किशिदाले शिखर सम्मेलनको बीचमा हङकङ र उत्तरपश्चिम चीनको सिनजियाङ क्षेत्रको अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गरेको समाचार प्रसारित भएका छन्।
प्रतिक्रिया राख्नुहोस्