खेलफूटबल

नेपाल सुपर लिग फुटबल : स्पोर्टिङ इलामद्वारा झापा एएफसी पराजित 

स्पोर्टिङ इलाम फुटबल क्लबले झापा एएफसीलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गराएको छ ।

नेपाल सुपर लिग

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सम्पन्न खेलमा इलामले झापालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी अमाथ एनडाले गरेको एक गोल इलामका लागि निर्णायक गोल साबित भयो । उनले खेलको ८७औँ मिनेटमा गोल गरे ।

त्यसअघि खेलको ८२औँ मिनेटमा इलामले पेनाल्टी पाएको थियो । तर अमाथ पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिएका थिए । तर अमाथको प्रहार पोस्टभन्दा  माथिबाट बाहिर गयो ।

दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो । आज फुटबल क्लब चितवन र काठमाडौँ रेजर्स फुटबल क्लबबीच खेल हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.