राजनीति

कांग्रेस झापाका पूर्वसभापति दाहालको निधन

नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको सोमबार निधन भएको छ । केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार अपराह्न ४ः३० बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो ।

पूर्वसभापति दाहालको निधन

सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो । कांग्रेस झापाका पुराना तथा त्यागी नेताका रुपमा परिचित उहाँ भूमिगतकालमा पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो । उहाँले प्रजातन्त्र प्राप्तिका सबै किसिमका आन्दोलनका क्रममा पटकपटक जेलनेल पर्नुभएको थियो । पाँच वर्षअघि जीवनसङ्गीनी गुमाएका दिवङ्गत दाहालका तीन छोराहरु विनोद, प्रमोद, आमोद र एक छोरी प्रमिला हुनुहुन्छ ।

उहाँले पार्टीसँगै स्थानीय सामाजिक सङ्घसंस्थामा समेत योगदान पुर्याउँदै आउनुभएको थियो । स्व दाहालको पार्थिव शरीरलाई आज दिनको ११ बजे पवित्र कनकाई नदीमा हिन्दू विधिपूर्वक अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.