राजनीति

रविको तीन दर्जन चेकको समाचारप्रति कास्की प्रहरीको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगायतका सहकारीको ब्याज तिर्न काटेको करोडौं रुपैयाँको तीन दर्जन चेक भेटियो भन्दै आएका समाचारप्रति कास्की प्रहरीले आपत्ति जनाएको छ ।

गृहमन्त्री लामिछाने

केही दिनयता मुलुकका प्रमुख र मूलधारका भनिने पत्रिका तथा अनलाइनहरुमा चेकसहित समाचार सार्वजनिक भएपछि अनुसन्धानको गोपनियता भंग भएको भन्दै एकथरिबाट टिप्पणी भैरहेका बेला प्रहरीले यस विषयमा स्पष्ट पारेको हो ।

रविमाथि कुनै प्रकारको दुव्र्यवहार भएको छैन

समाचारहरुका विषयमा व्यापक आलोचना भएपछि प्रहरीले एक विज्ञप्ति जारी गरी पत्रपत्रिका तथा अनलाइनमा आएका विषयहरु प्रहरीले सार्वजनिक नगरेको भन्दै यस्ता सूचना प्रवाह गर्दा सम्वेदनशील हुन अनुरोध गरिएको छ ।

विज्ञप्तिमा अनुसन्धानका क्रममा रहेका विषयहरु सूचनाको हक सम्बन्धी ऐन २०६४ बिरुद्ध पनि हुने भन्दै अनुसन्धानमा खटिएका प्रहरी अधिकृत भन्दै स्रोतका रुपमा उद्धृत गरिएकोमाा आपत्ति समेत जनाइएको छ ।

यसअघि सभापति लामिछानेलाई अदालतमै प्रहरीद्वारा दुव्र्यवहार गरिएको भन्दै समाचारहरु आएका थिए । त्यसको पनि कास्की प्रहरीले विज्ञप्ति जारी गरी खण्डन गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.