खेलफूटबल

घानासंग दक्षिण कोरिया ३-२ गोललले पराजित

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सोमबारको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई ३-२ ले पराजित गरेको छ । यो जितसंगै घानाले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

समूह एचको खेलमा घानाका मोहमोद कुडुसले दुई रु मोहमेद सालिसुले १ गोल गरे भने कोरियाका लागि चो गुए सोङले दुई गोल गरे ।

पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको घानाले पाँच गोलको थ्रीलर खेलमा कोरियामाथि रोमाञ्चक जितसहित पहिलो ३ अंक जोडेको छ । दुई खेलबाट ३ अंकसहित घाना दोस्रो स्थानमा उक्लेको छ ।

पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको कोरियाको भने यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको कोरियाका लागि अन्तिम १६ को यात्रा कठिन बन्दै गएको छ ।

पहिलो हाफमा दुई गोलले पछि परेको कोरिया दोस्रो हाफमा दुई मिनेट अन्तरमा सोङले दुई गोल गरेपछि खेलमा फर्किएको थियो ।

विश्वकपमा घानाको १२ वर्षपछि यो पहिलो जित हो । सन् २०१० मा क्वाटरफाइनल पुगेको घाना २०१४ मा समूह चरणको दुई खेलमा पराजित भएको थियो भने एक खेल बराबरी खेलेको थियो ।

२०१८ को विश्वकपमा छनोट हुनै सकेन । घानाले पछिल्लो पटक २०१० को विश्वकप प्रिक्वाटरफाइनलमा अमेरिकालाई पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.