जन सरोकार

थापाथली सुकुम्बासी प्रकरण- पहिले हुकुमबासी हटाऊ

सोमबार काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारमा बसेका सुकुम्बासी बस्ती हटाउने प्रयास भयो । ३५ दिने सूचनापछि पनि बस्ती नहटाइएपछि काठमाडौं महानगरपालिका डोजर लिएर हटाउन पुगेपछि एक किसिमको आतंक सिर्जना भयो ।

नदी किनारमा बसेकाहरुले हातमा खुकुरी बोकेर नगर प्रहरीहरुलाई लखेटे भने निर्मम कुटपिट समेत गरे । शहरमा दिउँसै सुकुम्बासी आतंक मच्चियो । आफूलाई सुकुम्बासी भनाउनेहरुले मेयर बालेन साहको घरमा आगो लगाउनेदेखि हत्या गर्नेसम्मको धम्की दिए ।

दशकौंदेखि वाग्मती नदी किनारमा बसेका सुकुम्बासीहरुलाई त्यहाँबाट हटाउने प्रयास कागजी रुपमा मात्रै भैरहेको र यसमा राजनीतिक संरक्षण रहेको कुरा लुकेको तथ्य होइन । सुकुम्बासीका नाममा हुकुमबासीहरु घुसेको स्थानीयको दावी पनि निराधार छैन ।

वाग्मती किनारमा मात्रै हैनन्, उपत्यका लगायत देशभर नै सुकुम्बासी समस्या रहेको छ । त्यहाँ कति सक्कली र कति नक्कली सुकुम्बासी बसेका छन्, यो सरकारले खोज्नुपर्ने विषय हो र सक्कली सुकुम्बासीलाई उचित प्रबन्ध गर्ने दायित्व सरकारको । तर, सुकुम्बासी जहिल्यै भोटको राजनीतिको शिकार बनेका छन् ।

सोमबार वाग्मती किनारमा दृश्य कस्तोसम्म देखियो भने गलामा सुनका सिक्री, महंगा कोट र ज्याकेट लगाएकाहरु हातमा लट्ठी बोकेर नगरप्रहरीमाथि आक्रमण गरिरहेका थिए । जति आक्रमणमा आएका थिए तिनीहरु सुकुम्बासी जस्ता देखिंदैन थिए ।

थापाथलीमा भएको झडप गम्भीर विषय हो । त्यहाँ आक्रमणमा उत्रनेहरुको अनुसन्धान हुनैपर्छ । महिला प्रहरीमाथि निर्ममतापूर्वका कुटपिट गर्ने हैसियत राख्ने ती व्यक्तिहरु सुकुम्बासी हुन् कि हुकुमबासी ? अवश्य पत्ता लाग्नेछ ।

सोमबार वाग्मती किनार रणमैदान बनेपछि पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहलीले यस विषयमा आफ्ना सुझावहरु सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ ।

उहाँले सुकुम्बासी भन्नेवित्तित्तकै जमिनको स्वामित्व नभएको व्यक्ति, परिवार सरकारी जग्गामा बसेका भन्ने साधारण बुझाई हो । तर, सरकारी जग्गामा अधिकारबिना बस्न नपाइने बताउनुभएको छ ।

डा. लोहनीले जो साँच्चिकै सुकुम्बासी छन् उनीहरुको समस्याप्रति सम्बेदनासिलाता देखाउनु आवश्यक रहेको बताउँदै अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडि महानगरपालिका र नेपाल सरकारले वास्तविक सुकुम्बासी पहचान गरेर उनीहरुसंग के कस्ता सम्बाद गर्यो भन्ने नगरसीलाई बुझाउनु पर्ने सुझाव दिनुभएको छ ।

उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको आजसम्मको कामको जनताले प्रशंसा गरेको भन्दै मेयरमा एउटा पक्का, इमान्दार, पैसामा लोभ नराख्ने र केही सकारात्मक काम गरुँ भन्ने पढेलेखेको नेता पाएको जनतामा छाप रहेकाले यो विषयमा अलिक गम्भीर हुन सुझाव दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.