आम निर्वाचन २०७९

सुनसरी–४ मा पुनः मतगणना सुरु, मन्त्री कार्कीको अग्रता

शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना मंगलबारदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो ।

मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले)का उम्मेदवारको पक्षमा छ सय छ मत थपेको भन्दै विवाद सिर्जना भएको थियो ।

विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गर्नुभएको थियो ।

उहाँले पुनः मतगणनाको माग गर्नु भए पनि सोमबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना शुरु गर्न निर्देशन दिएको थियो ।

मंगलबार बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सिसीटिभीको निगरानीमा मतगणना गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार कार्कीले एक सय ६२ मतले अग्रता लिनुभएको छ । उहाँले २३ हजार सात सय ६६ मत प्राप्त गर्नुभएको छ भने एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार छ सय चार मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.