जापान

उदयपुरको चन्द्रावती माविलाई जापानको ८५ लाख सहयोग

जापानले उदयपुरको चन्द्रावति माध्यमिक विद्यालयको शैक्षिक सुधारका लागि करिब ८५ लाख नेपाली रुपैयाँ (६५,२९८ अमेरिकी डलर) सहायता उपलब्ध गराउने भएको छ ।

जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत प्राप्त हुने सो अनुदान सहायता सम्झौता नेपालस्थित जापानी राजदूत किकुता र किड्स अफ काठमाडौंका कार्यकारी निर्देशक बाबुराम गोलेबीच सम्झौता सम्पन्न भएको छ ।

बुधबार भएको सो अनुदान सम्झौता रकमबाट सो विद्यालयको नयाँ कक्षाकोठा भवन निर्माण हुने विश्वास लिइएको छ । सन् १९६० मा निर्माण भएको विद्यालयका भवनहरु जीर्ण रहेका छन् ।

भवनहरु भूकम्प प्रतिरोधी नभएको र सुरक्षा लगायत अन्य वातावरण उपयुक्त नभएकाले सो अनुदान सहायताले यसलाई सुधार गर्ने विश्वास नेपालस्थित जापानी दूताबासले गरेको छ ।

यस परियोजनाले विद्यार्थीहरूलाई उपयुक्त सिकाइ वातावरण प्रदान गर्न र उनीहरूको शिक्षाको गुणस्तरमा सुधार ल्याउने जापानी दूतावासको विश्वास छ।

यसै गरी साममाजिक विकासका यस्ता सहायताले नेपाल र जापानका भावी पुस्ता लगायत जापान र नेपालका जनताबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास दूताबासले लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.