राजनीति

विपिन जोशी अहिलेसम्म किन रिहा भएनन् ?

नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले हमासद्वारा नियन्त्रणमा लिइएका नेपाली विद्यार्थी अहिलेसम्म रिहाई नभएकामा गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अहिले इजरायल र प्यालेस्टाइनबीच युद्ध विराम भएकोे र एकअर्काको कब्जामा रहेका, आÇना र विभिन्न देशका नागरिकहरुलाई मुक्त गर्ने काम भैरहेका बेला नेपाली विद्यार्थी जोशीको रिहाई नभएकोमा दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराइएको हो ।

मसालका प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी विज्ञप्तिमा विभिन्न देशका नागरिक मुक्त भइरहेको सन्दर्भमा युद्धको सुरूवातबाट नै हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई अहिलेसम्म मुक्त नहुनु धेरै र गम्भीर चिन्ताको विषय भएको जनाइएको छ ।

विज्ञप्तिमा जोशीको अवस्था, उनको रिहाइको लागि भइरहेका प्रयास तथा रिहाइ किन हुन सकिरहेको छैन भन्नेबारे सरकारले नेपाली जनतालाई अवगत गराउन माग गरिएको छ ।

मसालले नेपाल सरकारले आफ्नो नागरिक (विपिन जोशी)को रिहाइको लागि उच्च पहलकदमी गर्नुपर्ने आवश्यकता देखिएको भन्दै त्यस विषयमा ठोस र परिणाममुखी कदम उठाउनका लागि हामीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.