राजनीति

सामाजिक न्यायसहितको उदार अर्थतन्त्र रास्वपाको सिद्धान्त

मुलुकको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापनाको एक वर्ष पूरा भएपछि आफ्नो राजनीतिक प्रस्तावना पारित गरेको छ ।

सो पार्टीको महोत्तरीमा जारी केन्द्रीय र संसदीय दलको बैठकले पारित गरेको प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ ।

प्रस्तावनामा पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउँदै जवाफदेहीपूर्ण असल शासन मार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य बनाइएको छ ।

त्यसै गरी शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने निर्देशक सिद्धान्त रहेको छ भने जवाफदेहीपूर्ण असल शासन मार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य बनाइएको छ ।

रास्वपाले पारित गरेको प्रस्तावनामा भनिएको छ, “राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ ।”

त्यसै गरी लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, राष्ट्रिय आय र रोजगारीको विस्तार रास्वपाका प्रस्तावना रहेको छ ।

स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने प्रस्तावनामा उल्लेख गरिएको छ ।

कुनै विचार, सिद्धान्त नीति नभएको, कर्कलाको पातको पानी जस्तो कुनै पनि दिन बिलाउने भन्दै विपक्षीले आलोचना गरिरहेका बेला रास्वपाले पार्टीको प्रस्तावना र निर्देशक सिद्धान्त पारित गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.