जन सरोकार

आरुबारीमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरणको विवरण संकलनका लागि निकै कष्ट व्यहोर्नुपरेका जनताको सुविधाका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा परिचयपत्रको विवरण संकलन भैरहेको छ ।

मंसिर १ गतेबाट सुरु गरिएको परिचयपत्र विवरण संकलन मंसिर मसान्तसम्म कायम रहने छ । परिचयपत्रका लागि व्यक्ति स्वयं आफ्नो नागरिकताको प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।

त्यसै गरी विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र, बसाईसराई गरेको भए त्यसको प्रमाणपत्रको सक्कल प्रति तथा पति वा पत्नीमध्ये एकको मृत्यु भएको रहेछ भने मृत्युदर्ता प्रमाणपत्रको सक्कल प्रति लिएर आउनुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र विना नयाँ राहदानी बनाउन तथा नवीकरणका नहुने भएकाले रोजगारी, भ्रमण तथा अध्ययनका लागि विदेश जानेहरुको सुविधाका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन वडामै गर्न सुरु गरिएको वडाध्यक्ष राजिब थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.