नेपालमा दुर्गम ग्रामीण क्षेत्रका जनताकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउँदै आएको हेल्प नेपाल नेटवर्कको अस्ट्रेलियामा २५ औं वार्षिकोत्सव मनाइएको छ ।
हेल्प नेपालका अध्यक्ष अरुण सिंह बस्नेतको उपस्थितिमा अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित ब्रिष्टल क्लब हाउसमा हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले रजत महोत्सव मनाएको हो ।
समारोह हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतामको सभापतित्व तथा अष्ट्रेलियन क्यापिटल टेरोटरी मन्त्री सुज्यान ओरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत कुलबहादुर मगरको विशिष्ट आतिथ्य रहेको थियो । सो समारोहमा अस्ट्रेलियाका उपशभामुख तथा सांसदहरु लगायत हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका विशिष्ट व्यक्तित्वहरुको उपस्थित रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्