क्रिकेटखेल

एनपिएलमा जनकपुरको विजयी सुरुवात, विराटनगर आठ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । शनिबार भएको खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपूरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो । विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन् ।

यस्तै अकिब इलियासले १५ रन जोड्दा निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए । त्यस्तै बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७-७ रन बनाए ।

विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो । जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए भने किशोर महतो र हर्ष ठाकरले समान २÷२ विकेट लिँदा मोहम्मद मोहसिन र बेन माइकको भागमा समान एक-एक विकेट रह्यो ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य लिएर मैदान उत्रेको जनकपुरले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको लागि लाहिरु मिलान्थाले अविजित रहँदै ७५ रनको अर्धष्टकीया पारि खेले । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै हर्ष थाकरले अविजित २९ रन बनाए। ओपनर जोड्दा अनिल शाह ५ तथा आसिफ शेख खाता नखोली आउट भए । मिलान्था र थाकरले तेश्रो विकेटको लागि अविजित रहँदै ११६ रनको शतकीय साझेदारी गरे । विराटनगरको लागि क्रिस सोल र प्रतिश जिसीले समान १-१ विकेट लिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.