छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । काठमाडौं, तारकेश्वर नगरपालिका-८ शेषमती लामबगर शान्तिटोल गेट नजिक सडकमा बा.४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर बसमा सवार नुवाकोट ककनी गाउँपालिका-५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र ताँदी गाउँपालिका-१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको शनिबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै बसबाट खसेर घाइते भएका बसका सह-चालकलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै मोरङ, रंगेली नगरपालिका-८ चैनडाँडास्थित सडकमा चैनडाँडाबाट शान्ति चोकतर्फ जाँदै गरेको को.२ त ३१७२ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक चालक सोही नगरपालिका-८ शान्ति चोक बस्ने ३७ वर्षीय लाला हेमरम भन्ने प्रतु हेमरमको मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि रंगेली अस्पताल पठाइएको छ । यस्तै पर्सा, जगरनाथापुर गाउँपालिका-१ पिडारीस्थित सडकमा प्र.२-०३-००१ त ३६३० नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय बिरेन्द्र साहको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ चोक छवगछियास्थित सडकमा ना.८ ख २६११ नम्बरको टिपरले बिआर २२ बिजि १४५२ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार जिराभवानी गाउँपालिका-५ सखुवनिया बस्ने ३० वर्षीय प्रभु राउत थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । उता अर्घाखाँची, सन्धिखर्क नगरपालिका-६ धाराबजारस्थित सडकमा लु.२ ख १४१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री शितगंगा नगरपालिका-४ अमराई बस्ने १२ वर्षीया बिनिता विकको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसको ठक्करबाट घाइते भएकी १ जनालाई थप उपचारको लागि चौरहा अस्पताल बुटवल रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता कास्की, पोखरा महानगरपालिका-२५ याम्दीस्थित सडकमा घान्द्रुकबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १४६० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री रूकुम पूर्व घर भई कास्की पोखरा महानगरपालिका-२५ याम्दी बस्ने ५५ वर्षीया धन कुमारी बुढाको शुक्रबार बेलुकी मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी जाजरकोट, भेरी नगरपालिका-१ रावतगाउँस्थित सडकमा डोल्पाबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख १३९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री नलगाड नगरपालिका-१ चिउरी बस्ने ३७ वर्षीय सुरेश महरको शुक्रबार बेलुकी मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सिराहा, सिरहा नगरपालिका-१९ सन्हैठा चोकमा औरहीबाट सिराहातर्फ जाँदै गरेको प्रदेश २- ०१-००१ प ८५२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय पतिराम चौधरीको शुक्रबार साँझ मृत्यु भएको छ ।
उक्त मोटरसाइकल तथा बिआर ०१ एसएम ४८१३ नम्बरको कारले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिराहा, सिरहा नगरपालिका-९ गुलरिया चोकमा सिराहाबाट चौहर्बातर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक नवराजपुर गाउँपालिका-१ तानासुया बस्ने ४५ वर्षीय रंजित मुखियाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको छ । यस्तै रौतहट, राजदेवी नगरपालिका-१ पथरास्थित सडकमा पथराबाट बडहर्वातर्फ जाँदै गरेको बिआर ३० एके १४६५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सर्लाही चक्रघट्टा नगरपालिका-४ बेलही टोल बस्ने २५ वर्षीय निशान्त अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्