जापान

टोकियोमा नेपाल फेस्टिवलको रौनक (फोटोहरु)

जापानमा नेपाल र नेपाली पहिचानका साथै कला, संस्कृतिको प्रचार गर्ने र जापानमा नेपाल हाउस बनाउन आर्थिक स्रोत जुटाउने उद्देश्यसहित टोकियोमा नेपाल फेस्टिवल आरम्भ भएको छ ।

विगत डेढ दशकदेखि हुँदै आएको नेपाल फेस्टिभलको १४ औं श्रृङखला शनिबार विशेष समारोहकाबीच औपचारिक रूपमा उद्घाटन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, नेपाल आदिवासी जनजाति महासंघ जापान र नेपाली राजदूतावासको संयुक्त आयोजनामा सुरु भएको फेस्टिवल भोलि डिसेम्बर १ मा समापन हुनेछ ।

फेस्टिवल उद्घाटन समारोहअघि नेपालका विविध जातजातिको परम्परागत झाँकी प्रदर्शन गरिएको थियो । फेस्टिभलमा नेपाली परिकार, हस्तकलाका सामानहरू र पर्यटनसम्बन्धी जानकारीमूलक स्टलहरूको पनि प्रदर्शन गरिंदैछ ।

नेपाल फेस्टिभलले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउँदै नेपाली समुदायको एकता र पहिचानलाई उजागर गर्न सघाउ पुर्‍याउने विश्वास लिइएको छ ।

फोटो सौजन्य : नेपाली दूतावास टोकियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.