नेकपा मुख्यालय धुम्बाराहीमा सुरक्षा थ्रेट : सचिवालय सदस्यहरु आश्चर्यचकित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षा चुनौति (थ्रेट) रहेको भन्दै आज (मंसिर १६) निर्धारित बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको छ ।
१३ गते शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गर्दै अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने तय भए पनि तर मंगलबार विहान महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने सूचना नेताहरुलाई दिएपछि नेताहरुले आश्चर्य व्यक्त गरेका छन् ।
नेकपा उच्च स्रोतका अनुसार धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको हो उता नेताहरुले भने पार्टी कार्यालय, धुम्बाराहीमा बैठक बस्दा ‘सुरक्षा थ्रेट’ हुने तर्कप्रति आश्चर्य व्यक्त गरेका छन् ।
यसैबीच नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार अर्का अध्यक्ष केपी ओलीले पेश गरेको प्रत्युत्तरको पुरक प्रस्ताव पेश गर्नुहुने समाचारमा जनाइएको छ ।
२८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले १७ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गते ३७ पृष्ठको प्रस्ताव पेश गर्नुभएको थियो ।
उक्त प्रस्तावमा ओलीले उठाएका विषयबारे प्रचण्डले पनि लिखित रुपमा नै जवाफ दिन अर्को पूरक प्रतिवेदनको तयारी गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्