राजनीति

राष्ट्रपति भण्डारीद्वारा छ वटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी भएको हो ।

उहाँले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ जारी गर्नुभएको हो ।

त्यसै गरी नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन० अध्यादेश–२०७८ र रेल्वे अध्यादेश–२०७८ जारी गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.