आम निर्वाचन २०७९
पुनः मतगणनापछि मन्त्री कार्की विजयी
सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका सूचचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ । भोजपुर निवासी कार्की यसघि सोही निर्वाचन क्षेत्रबाट भारी मतान्तरसहित निर्वाचित हुनुभएको थियो ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणनामा नेकपा एमालेसंग मिलेर गणनामा संलग्न कर्मचारीले नै धाँधली गरेको भन्दै पुनः गणनाका लागि उहाँले उजुरी दिनुभएको थियो ।
विजयी कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्