जन सरोकार

दिनभरिको तनावपछि धनगढीमा निषेधाज्ञा

सडक निर्माणमा संलग्न ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन स्थानीय प्रशासनले अहिले साँझ ७ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पूर्वमा धनगढी उपमहानगरपालिका–१ को फूलबारी बस बिसौनी, पश्चिममा वडा नं ४ को रातोपुल, दक्षिणमा वडा नं १ र २ को हुलाकी राजमार्ग र उत्तरको वडा नं ५ को सामुदायिक प्रहरी सेवा केन्द्रभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको राससलाई जानकारी दिनुभयो ।

पञ्चोदय मावि धनगढीमा कक्षा ८ मा अध्ययनरत चेतना साउदको ग्रेडरको ठक्करबाट बिहान मृत्यु भएको थियो । घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी हुनसक्ने अराजक गतिविधिलाई नियन्त्रण गर्न र सर्वसाधारणको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐनबमोजिम आवतजावत गर्न, भेला, प्रदर्शन गर्न, घुमफिर गर्न सवारीसाधन चलाउन निषेध गरिएको जिल्ला प्रशासनद्वारा साँझ जारी सूचनामा उल्लेख गरिएको छ ।

निषेधाज्ञाको आदेश उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारबाही हुने व्यहोरा पनि सूचनामा उल्लेख गरिएको छ । साइकलमा पञ्चोदय माध्यमिक विद्यालयतर्फ गइरहेकी १५ वर्षीया चेतना साउदको कालिका कन्स्ट्रक्शनको ना१ख ८७५ नंको ग्रेडरले ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित विद्यार्थीले दिनभरि धनगढी बजारको मुख्य सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनसँगै बजार क्षेत्रको आवामगन प्रभावित भएको थियो । प्रहरीले ग्रेडरसहित चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव साँझ सेती प्रादेशिक अस्पतालमा पु¥याइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.