जन सरोकार

सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै १७ लाख १७ हजार ३ सय रूपैयाँ ठगी गरेको अभियोगमा बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय दिपेश बाँस्कोटालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बाँस्कोटाले ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बारा जीतपुरसिमरा उपमहानगरपालिका-१ बाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.