जन सरोकार

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४८ ग्राम सहित काठमाडौं शंखरापुर गाउँपालिका-९ बस्ने २४ वर्षीय अभिषेक राजबाहक समेत तीन जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले बा.१५ च २३५६ नम्बरको स्कार्पियोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी स्कोरपियोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.