राजनीति

१० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

प्रतिनिधिसभा निर्वाचनमा एक सय ६३ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् । यसमा नेपाली कांग्रेस र नेकपा एमालेका चारचार उम्मेदवार रहेका छन् ।

समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट चार, कांग्रेसबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना दुई सयभन्दा कम मतान्तरले पराजित हुनुभएको छ ।

प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एक सय १२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गर्नुभएको छ ।

मधेस प्रदेशबाट धनुषा–२ मा कांगे्रसका रामकृष्ण यादवले एक सय ५७ मतले एमालेका उमाशङ्कर अरगरियालाई, धनुषा–४ मा एमालेका रघुवीर महासेठले एक सय २४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले एक सय ६७ मतले कांगे्रसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गर्नुभएको छ ।

बागमती प्रदेशबाट काठमाडौँ–१ मा कांग्रेसका प्रकाशमान सिंहबाट एक सय २५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र पराजित हुनुभएको छ ।

लुम्बिनी प्रदेशबाट दाङ–२ मा नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले एक सय ९३ मतले एमालेका शङ्कर पोख्रेललाई, बर्दिया–२ मा स्वतन्त्रबाट लालवीर चौधरीले एक सय ३६ मतले नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई पराजित गर्नुभएको छ ।

कर्णाली प्रदेशबाट दैलेख–२ कांग्रेसका दिक्पालकुमार शाहीले एक सय ६७ मतले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.