जन सरोकार

काठमाडौं महानगरपालिकामा दुईसय ३० कर्मचारीको माग

काठमाडौं महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन सुपरिवेक्षणका लागि २ सय ३० जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।

महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी २०९ जना गणकका लागि र २१ जना सुपरिवेक्षकको दरखास्त आवेदन आह्वान गरेको हो ।

महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा लेखिएअनुसार सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ दिइने छ । अनलाइन प्रतिवेदनका लागि इन्टरनेटमावाफ्त मासिक २ हजार रुपैयाँ महानगरपालिकाले उपलब्ध गराउने छ ।

सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नुपर्ने सूचनामा लेखिएको छ । उनीहरुले ट्याब्लेटमार्फत् तथ्यांक संकलन गर्नुपर्ने छ ।

इच्छुक व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । दरखास्त दिँदै शुल्क नलाग्ने महानगरपालिकाले जनाएको छ ।प्राप्त आवेदकमध्येहरुबाट निश्चित मापदण्डका आधारमा संक्षिप्त सूची तयार गर्ने र अन्तरवार्ताबाट छनोट गर्ने सूचनामा लेखिएको छ ।

छनोट गर्दा काठमाडौं महानगरपालिकाका बासिन्दाले प्राथमिकता पाउने छन् । विगतमा गणक र सुपरिवेक्षकको रुपमा कम्तीमा एक महिनाभन्दा बढी अवधि काम गरेको र महानगरपालिकाबाट विगतमा यही कार्यक्रमबाट छनोट भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.