जापानकी प्रमिलालाई आइएमईको एक करोड
विदेशबाट नेपालमा विप्रेषण आप्रवाह गर्ने अग्रणी कम्पनी आइएमईको एक करोड पुरस्कार जापानमा बसोबास गरिरहनुभएकी प्रमिला रोकायलाई हस्तान्तरण गरिएको छ ।
टोकियोमा सम्पन्न १४ औं नेपाल फेस्टिवलका क्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, आइएमई लिमिटेडका तर्फबाट सुशील थापा र क्योदाइ जापानका कार्यकारी प्रमुख युचिरो किमोतोले प्रमीलालाई एक करोडको चेक हस्तान्तरण गर्नुभएको हो ।
जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमिलालाई टोकियोस्थित नाकानो सिकि नो मोरी पार्कमा आइएमईले चेक हस्तान्तरण गरेको हो ।
चेक बुझेपछि प्रमिलाले आइएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलाली रहेका बाआमालाई घर बनाइदिने योजना बनाएको बताउनुभयो ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट नेपाल पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।
सोही अनुसार गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्